Tuesday, March 12, 2019

भवानी घिमिरे साहित्य प्रतिष्ठानको आयोजनामा बिर्तामोड झापामा अन्तर्राष्ट्रिय मितेरी साहित्य सम्मेलन सम्पन्न ।

भवानी घिमिरे साहित्य प्रतिष्ठानको आयोजनामा २०७५ माघ १८ र १९ गते बिर्तामोड झापामा अन्तर्राष्ट्रिय मितेरी साहित्य सम्मेलनको आयोजना गरियो । कार्यक्रमको पहिलो सत्र माघ १८ गते उद्घाटन कार्यक्रमको सभापतित्व भवानी घिमिरे साहित्य प्रतिष्ठानका अध्यक्ष सरोज ओलीले गर्नु  भएको थियो । प्रदेश नम्बर एकका मूख्य मन्त्री सेरधन राईको   प्रमुख आतिथ्यतामा भएको साहित्य सम्मेलनमा  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशिष्ठ अतिथी हुनुहुन्थ्यो । कार्यक्रमका अन्य अतिथीहरुमा  नेकपा प्र. नं.१ का संयोजकः  देवराज घिमिरे, प्रतिनिधि सभा सांसद  धर्मशीला चापागाई,  प्रतिनिधि सभाका पूर्व सांसद  सुधीरकुमार शिवाबोटी, अनारमनी नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, प्रगतिशील लेखक सङ्घका केन्द्रिय अध्यक्ष मातृका पोखरेल, नेपाली लेखक संघका पूर्वााञ्चल उपाध्यक्ष  विवश पोखरेल  , नेपाली साहित्य बिकास समिति मेचीका अध्यक्ष  केशव आचार्य , प्राज्ञ कलाकार पवन राजवंशी, फाल्गुनन्द प्रतिष्ठानका अध्यक्ष सेरबहादुर इंगनाम, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांग, राष्ट्र्यि सभा सदस्य   हरिचरण शिवाकोटी , प्रतिनिधि सभा सदस्य  पवित्रा निरौला खरेल लगायत हुनुहुन्थ्यो । 

अन्तर्राष्ट्रिय मितेरी साहित्य सम्मेलनको उद्घाटन प्रमुख अतिथी प्रदेश नम्बर एकका मूख्य मन्त्री सेरधन राईबाट पानसमा बत्ति बालेर गर्नुभएको थियो । भवानी घिमिरेको तस्वीरमा माल्यार्पण गरेर आरम्भ गरिएको उक्त समारोहमा स्वागत मन्तब्य उपाध्यक्ष कृष्ण धराबासीले राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा नेकपा प्र. नं.१ का संयोजकः  देवराज घिमिरे, प्रतिनिधि सभा सांसद धर्मशीला चापागाई, प्रतिनिधि सभाका पूर्व सांसद  सुधीरकुमार शिवाबोटी, अनारमनी नगरपालिकाका मेयर  ध्रुवकुमार शिवाकोटी , प्रलेसका केन्द्रिय अध्यक्ष  मातृका पोखरेल, नेपाली लेखक संघका पूर्वााञ्चल उपाध्यक्ष  विवश पोखरेल , नेपाली साहित्य बिकास समितिका उपाध्यक्ष  चन्द्र भण्डारी, प्राज्ञ कलाकार पवन राजवंशी, फाल्गुनन्द प्रतिष्ठानका अध्यक्ष सेरबहादुर इंगनामले शुभकामना मन्तव्य र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विशिष्ट अतिथिको तर्फबाट मन्तव्य राख्नु भएको थियो । 

प्रदेश नम्बर एकका मूख्य मन्त्री सेरधन राईले प्रमुख अतिथिको तर्फबाट मन्तव्य राखेपश्चात धन्यबाद ज्ञापन भवानी घिमिरे साहित्य प्रतिष्ठानका सदस्य तथा सांसद धर्मशीला चापागाईले राख्नुभएको थियो । 
कार्यक्रमका सभापति सरोज ओलीले  प्रथम सत्रको समापन गर्नुभएको थियो ।  


कार्यक्रमको दोस्रो सत्रमा  कार्यपत्र प्रस्तुति र टिप्पणी रहेको थियो । कार्यपत्र प्रस्तुति र टिप्पणी कार्यक्रमको सभापतित्व भवानी घिमिरे साहित्य प्रतिष्ठानका अध्यक्ष सरोज ओलीले गर्नु  भएको थियो । प्रा. डा. ताराकान्त पाण्डेय, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा. नवीन पौडेलले कार्यपत्र  प्रस्तुत गर्नुभएको कार्यक्रममा डा. . रत्नमणि नेपाल, प्रा. चिन्तामणि दाहाल, प्रा. योगेश खातीले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रम बारे भवानी घिमिरे साहित्य प्रतिष्ठानका सदस्य   सुमित्रा बांगदेल चेलीले  थप जानकारी गराउनु भए पछि दोस्रो सत्रको समापन गरिएको थियो । 

कार्यक्रमको तेस्रो सत्र माघ  १९ गते " अबको नेपाली साहित्य" विषयमा केदार शर्मा , हरिहर खनाल, कुन्ता शर्मा, मिश्र बैजयान्ति , भवानी क्षत्री, गोपाल अश्क, डा.  हेमनाथ पौडेल आदीले मन्तव्य राख्नु भएको थियो । उक्त सत्रको प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय सांसद राम कार्की हुनुहुन्थ्यो ।  

कार्यक्रमकोअन्तिम तथा चौथो सत्र माघ  १९ गते बृहत काव्य गोष्ठीको आयोजना गरिएको थियो । भारतीय नेपाली साहित्यकार प्रा. राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त काव्य गोष्ठीको सभापतित्व भवानी घिमिरे साहित्य प्रतिष्ठानका सदस्य एवं प्रगतिशील लेखक सङ्घका केन्द्रीय  अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा नेपाल र भारतका एकसय चार जना कविहरूले कविता वाचन गर्नुभएको थियो । 

=====================================================

कार्यक्रमका तस्विरहरू :- 






































































































































































































































































































































गीता सुवेदी नेपालको फेसबुक वालबाट ।
जनक रसिकको फेसबुक वालबाट ।
कृष्ण धरावासीको युट्युबबाट ।
कृष्ण धरावासीको फेसबुक वालबाट ।
बलभद्र भारतीको फेसबुक वालबाट ।
टिका आत्रेयको फेसबुक वालबाट ।
सितल गिरीको फेसबुक वालबाट ।
बलराम तिमिल्सिनाको फेसबुक वालबाट ।
रमेश सुभेच्छुकको फेसबुक वालबाट ।
जीविका अश्रुको फेसबुक वालबाट ।
निमेष सुब्बा सिकारुको फेसबुक वालबाट ।
लक्ष्मी अच्युत ढुङ्गानाको फेसबुक वालबाट ।
सुधिर के.सीको फेसबुक वालबाट ।
भवानी क्षेत्रीको फेसबुक वालबाट ।
तारा गाउँलेको फेसबुक वालबाट ।

No comments: