Monday, April 16, 2018

जनमत वाङमय प्रतिष्ठान, नेपालको ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न ।

२०७४ चैत २४ गते जनमत वाङमय प्रतिष्ठान नेपालले आफ्नो ३४ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम बनेपामा सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि ठाकुर पराजुलीबाट वरिष्ठ साहित्य साधक हृदयचन्द्रको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरिएको थियो ।


कार्यक्रममा दश विशिष्ट  प्रतिभाहरूलाई सम्मान अभिनन्दन गरिएको थियो ।

हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान डा देवीप्रसाद सुवेदी लमजुङ ,दीपा- जनमत सम्मान भारद्वाज मित्र सिन्धुपाल्चोक ,कमला -सैजु जनमत सम्मान उषा शेरचन कास्कीलाई वरिष्ठ कथाकार माया ठकुरीले सम्मान गर्नु भएको थियो ।

,जनमत -राजभाइ सहयात्री सम्मान भक्त कार्की म्याग्दी ,भारती -जनमत साहित्यिक पत्रकारिता सम्मान सरस्वती शर्मा जिज्ञाषु कुश्मा पर्वत ,जनमत- जनक सेवा सम्मान रत्नप्रसाद अनामणी श्रेष्ठ काभ्रे ,केवलपुरे- जनमत सम्मान पूर्णादेवी न्यौपाने लमजुङ ,गणेश /खिलकुमारी दुवाल- जनमत सम्मान सन्तोषभक्त श्रेष्ठ इमाडोल,ललितपुर ,जनमत -केदार /सुदर्शना वालसाहित्य सम्मान बाल साहित्यकार कार्तिकेय घिमिरेलाई  प्रदान गरिएको थियो ।


जनमत -महेन्द्रलाल कलाकार सम्मान मञ्जु स्याउला काभ्रेलाई प्रमुख अतिथि प्रा डा ठाकुर पराजुलीले सम्मान प्रमाणपत्र प्रदान गर्नु भयो ।

जनमतका सम्पादक मोहन दुवालले दोसल्ला र उपहार प्रदान गर्नु भयो ।
यसै कार्यक्रममा साहित्यकार प्रकाश ए राज र अनिल श्रेष्ठबाट लिखित पुस्तक पनि विमोचन गरिएको थियो ।

वरिष्ठ साहित्यिक पत्रकारद्वय  रोचक घिमिरे र नगेन्द्र प्रसाद शर्मा, प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य मातृका पोखरेल  कार्यक्रमको विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो । यसैगरी शिवपुरीका सम्पादक बियोगी बुढाथोकी पनि विशेष अतिथिका रूपमा रहनु भएको थियो ।

कार्यक्रमको संचालन लघुकथा लेखक डा पुस्करराज भट्टले गरेका थिए ।















No comments: