Monday, March 11, 2019

नुवाकोट प्रलेसको अध्यक्षमा राजकुमार अर्याल पुत्ला ।


प्रगतिशिल लेखक संघ नुवाकोटको अध्यक्षमा राजकुमार अर्याल ‘पुत्ला’ चयन भएका छन् । २०७५ साल फागुन २० गते नुवाकोटको विदुरमा भएको तेस्रो जिल्ला सम्मेलनले पुत्लालाई निर्विरोध अधयक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा रामहरी गजुरेल, सचिवमा विवेक ढकाल, सहसचिवमा उमा सिलवाल, र कोषाध्यक्षमा रुपा अर्याल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रकाश रिजाल, राजाराम तिमल्सिना, गिता पुडासैनी, राजु रिमाल, राजु तिवारी र लोक बहादुर पुडासैनी चयन भएका छन् ।
प्रगतिशिल लेखक संघका केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त सम्मेलनमा केन्द्रीय महासचिव आर.एम.डंगोल र उपाध्यक्ष खेम थपलियाको पनि उपस्थिति थियो । सम्मेलन नुवाकोटका निवर्तमान अध्यक्ष नवदीप अजनवीको सभापतित्वमा भएको थियो।  






































No comments: