Tuesday, June 19, 2018

नेपाल प्रज्ञा-प्रतिष्ठान र प्रगतिशील लेखक संघ, सिन्धुपाल्चोकको आयोजनामा 'आख्यान गोष्ठी' एवम् 'स्रष्टा पदयात्रा कार्यक्रम' सम्पन्न ।

“विकास र समृद्धिका लागि साहित्य” को नारा लिएर आएको नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक संघ, सिन्धुपाल्चोकको संयुक्त आयोजनामामा आख्यान गोष्ठी, बिहानी लोकार्पण र प्रलेस स्रष्टा यात्रा– २०७५ को उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका  प्राज्ञ एवम् प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभयो । साथै उहाँले 'बिहानी' पत्रिकाको पनि विमोचन गर्नुभयो । समारोहमा प्रलेस सिन्धुका सल्लाहकार माननीय सरेश नेपाल, प्रलेसका विभिन्न आन्दोलनमा सहभागी जनाउँदै आएका पुराना आन्दोलनकारी प्रलेस सिन्धुपाल्चोकका सल्लाहकार भारद्वाज मित्रको आतिथ्यताले सभालाई छुट्टै शोभा दिएको थियो । प्रगतिशील लेखक संघका केन्द्रीय महासचिव आर.एम डंगोल, प्रलेसका विभिन्न प्रादेशिक प्रतिनिधिहरु खेम थपलिया, डा. पुस्करराज भट्ट, प्रलेस सिन्धुका सल्लाहकार गंगा पौडेल, प्रलेस सिन्धुका पूर्व अध्यक्षहरु जगन्नाथ आचार्य, साधुराम नेपाल, साहित्यकारहरू देविका तिमिल्सिना र स्नेह सायमी, बुद्धि तिमिल्सिना, बाह्रबीसे नपाका  उपमेयर आदि विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रम प्रलेस सिन्धुका अध्यक्ष दिनेश दुलालको सभापत्विमा भएको थियो । नेपाली आख्यानका बारेमा डा. पुष्करराज भट्टले टिप्पणी गर्नुभएको थियो  भने उपस्थित अन्य महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।
































































































































































































































































































































































































































































--------------------------------------------------------
स्रष्टा पदयात्रा कार्यक्रममा सिन्धुपाल्चोकको ऐतिहासिकस्थल दुगुना गढी जाने स्रष्टाहरूको नामावली 




No comments: