Friday, May 25, 2018

राईपुरमा मनाइयो गोकुल जोशीको जन्मजयन्ती

सौर्य दैनिक. वर्ष- ७, अङ्क - ९५, शुक्रवार ११ जेठ २०७५  

-----------------------------------------------------------

सौर्य दैनिक. वर्ष- ७, अङ्क - ९५, शुक्रवार ११ जेठ २०७५  

--------------------------------------------------------------

८९औं गोकुल जयन्ती तनहुँको राइपुरमा सप्पन्न 

प्रगतिशील लेखक संघ तनहुँ को आयोजनामा जनकबी गोकुलजोशी को ८९औं जन्मजयन्ती गोकुल जन्मस्थल मा भब्य कार्यक्रम गरि सम्मन्न भएको छ! सो अबसरमा प्रगतिशील लेखक संघ तनहुँ को मुखपत्र "प्रगतिपथ"२ लोकार्पण तथा जनकबी गोकुलजोशी को अर्ध कद् को सालिक को अनावरण पनि गरिएको थियो। कार्यक्रम का प्रमुख अतिथि प्रलेस केन्द्रिय अध्यक्ष मातृका पोख्रेल को हातबाट पुस्तक बिमोचन गर्नु भयो भने विशिष्ट अतिथी पुर्ब मन्त्री एब प्रदेश ४ कि प्रदेश सभा सदस्य आशा कोइराला ले गोकुल जोशी को शालिक अनावरण गर्नु भएको थियो । 


उक्त कार्यक्रम को आयोजक प्रलेस तनहुँ /सह आयोजक गोकुलजोशी स्मृति प्रतिस्ठान र सहकाॠ मा प्रलेस कास्की को भुमिका रहेको कार्यक्रम का सभापति एब प्रगतिशील लेखक संघ तनहुँ का अध्यक्ष आकाश अधिकारी ले बताउनु भयो! उक्त कार्यक्रम मा प्रमुख अतिथी प्रलेस केन्द्रिय अध्यक्ष मातृका पोख्रेल विशिष्ट अतिथि पूर्वमंत्री  आशा कोइराला ! गोकुल स्मृति प्रतिस्ठान का अध्यक्ष लोकनाथ पोख्रेल प्रलेस का केन्द्रिय उपाध्यक्ष डा कृस्ण राज अधिकारी, प्रलेस केन्द्रिय सदस्य अनिल श्रेष्ठ , प्रलेस कास्की का अध्यक्ष भिम रानाभाट बरिस्ठ मुर्तीकार रामकृष्ण भण्डारी, बरिस्ठ बाम बुद्धि जिबि एब प्रलेस तनहु का सल्लाहकार शेषमणी आचार्य ले गोकुल जोशीका जिबनी र सृजना को चर्चा परिचर्चा गर्नु भएको थियो । 

साच्चिकै जनकबीको आगन मा उहाँ प्रती श्रद्धाञ्जली गर्न पाउदा खुसीको अनुभुती भएको कार्यक्रम का अध्यक्ष आकास अधिकारी ले बताउनु भयो । कार्यक्रम को सन्चालन गोकुल स्मृति प्रतिस्ठान का सचिब गेहेन्द्र भट्टराई ले गर्नु भएको थियो! २सयभन्दा बढीको उक्त कार्यक्रममा उपस्थिति रहेको उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सप्पन्न भएको छ।

समाचार स्रोत :
आकाश अधिकारी 
(प्रलेस, अध्यक्ष - तनहुँ )















































No comments: