Thursday, January 2, 2020

साहित्यकार आनन्ददेव भट्टको अभिनन्दन हुँदै

काठमाडौँ । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष साहित्यकार आनन्ददेव भट्टको अभिनन्दन हुने भएको छ । प्रलेसको केन्द्रीय कार्यालय बागबजारमा २०७६ पुस १३ गते प्रगतिशील लेखक सङ्घ र विभिन्न साहित्यिक सङ्घ÷संस्थाको प्रतिनिधिमाझ सम्पन्न बैठकमा सो निर्णय भएको हो । साहित्यकार भट्टको अभिनन्दन आगामी फागुन २४ गते राजधानीमा हुने छ ।
साहित्यकार भट्टलाई अभिनन्दन गर्नका लागि २५१ जनाको मूल आयोजक समिति गठन भएको छ । उक्त समितिमा प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिका ३९ जना, राष्ट्रिय परिषद्का ३९ जना, केन्द्रीय सल्लाहकार २९ जना, प्रलेस जिल्ला समितिका अध्यक्ष ५७ जना र ५२ भन्दा बढी विभिन्न साहित्यिक सङ्घ÷संस्थाका प्रतिनिधि रहने बताइएको छ ।
अभिनन्दन समारोहलाई प्रभावकारी बनाउन १५ सदस्यीय सचिवालय पनि गठन गरिएको प्रलेसले जनाएको छ । सचिवालयमा प्रा.डा. जीवेन्द्र देव गिरी, गोपीरमण उपाध्याय, सुशीला प्रधानाङ्ग, समीरसिंह, आरसी न्यौपाने, प्रकाश थापा मगर, प्रा.डा. धु्रवकुमार घिमिरे, राम विनय, मातृका पोख्रेल, वसन्त रिजाल, आरएम डङ्गोल, वासुदेव अधिकारी, डा. पुष्करराज भट्ट र डा. विन्दु शर्मा रहनुभएको छ । एक स्थान रिक्त पछि पूर्ति गर्ने समझदारी भएको बताइएको छ ।
त्यसैगरी अभिनन्दन कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको प्रलेस अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले बताउनुभयो । उहाँका अनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा आरएम डङ्गोल रहनुभएको छ भने सदस्यहरूमा समीरसिंह, डा. पुष्करराज भट्ट, प्रा. केशव सुवेदी, प्रकाश थापा मगर, शशि लुलुम्बु, प्रतिरोध कार्की, नरेश न्यौपाने, तेजेन्द्र प्रसाई, यशोदा अधिकारी, कौशिला रिसाल, होमशङ्कर बास्तोला, दिपक सापकोटा र फूलमान बल रहनुभएको छ ।
प्रकाशन उपसमितिमा संयोजक प्रा.डा. जीवेन्द्र देव गिरी तथा सदस्यहरूमा प्रा.डा. पशुपतिप्रसाद तिमिल्सेना, विष्णु प्रभात, प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. फणिन्द्रराज निरौला, धीरकुमार श्रेष्ठ र डा. पुष्करराज भट्ट रहनुभएको छ । त्यस्तै आर्थिक उपसमितिमा संयोजक वासुदेव अधिकारी तथा सदस्यहरूमा प्रा.डा. धु्रवकुमार घिमिरे, वसन्त रिजाल, चेतनाथ धमला, बम बानिया र शितल गिरी रहनुभएको छ । एवं प्रकारले कार्यक्रम व्यवस्थापन उपसमिति मातृका पोखरेलको संयोजकत्वमा गठन गरिएको छ । उपसमितिको सदस्यहरूमा आरसी न्यौपाने, रमेशरञ्जन झा, प्रकाश थापा मगर, कल्पना पौडेल ‘जिज्ञासु’ र सिर्जना शर्मा रहनुभएको छ । प्रलेस महासचिव समीरसिंहका अनुसार उपसमितिहरूले आवश्यकतानुसार सदस्य थपघट गर्न सक्ने छन् ।
बैठकले सल्लाहकार समिति पनि गठन गरिएको जनाइएको छ । उक्त समितिमा मोदनाथ प्रश्रित, निनु चापागाई, अमर गिरी, गङ्गाप्रसाद उप्रेती, केके कर्माचार्य, नारायणभक्त श्रेष्ठ रायन, कुन्ता शर्मा, विष्णु प्रभात, हरिहर खनाल, डी.आर. पोखरेल, सुलोचना मानन्धर, मणि थापा, सरल सहयात्री, मिश्र वैजयन्ती, नमूना शर्मा, मञ्जुल, श्याम टमोट, लक्ष्मी माली, जेबी टुहुरे, विजय सुुब्बा, रघुजी पन्त, जगत्प्रसाद उपाध्याय, सुशीला भट्ट र प्रा.डा. भीमदेव भट्ट रहनुभएको छ ।
प्रलेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार प्रगतिशील लेखक सङ्घ मूल आयोजक रहेको आनन्ददेव भट्ट अभिनन्दन समारोहका अन्य आयोजकमा निम्न संस्थाहरू रहेका छन्  जनसांस्कृतिक महासङ्घ, रक्तिम सांस्कृतिक अभियान, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, महिला अभ्युत्थान साहित्य प्रतिष्ठान, सशाङ्क, प्रगतिशील महिला सङ्गठन, तरेली साहित्य प्रतिष्ठान, शब्दाङ्कुर, शब्द संयोजन मासिक, भानु मासिक, घनश्याम स्मृति प्रतिष्ठान, देवकोटा–लुसुन प्रतिष्ठान, पारिजात स्मृति केन्द्र, सुरभी साहित्य प्रतिष्ठान, साहित्य सदन, रमेश विकल साहित्य प्रतिष्ठान, भैरव पुरष्कार गुठी, जनमत वाङ्मय प्रतिष्ठान, नेपाल वाङ्मय प्रतिष्ठान, स्रष्टा समाज, त्रिशुली वाङ्मय प्रतिष्ठान, मनोहरा साहित्य समाज, घुम्ती कवि गोष्ठी, अनुपम साहित्य प्रतिष्ठान, न्हेजा खलः, नौलो कोशेली, रमाकृष्ण साहित्य प्रतिष्ठान, नेपाली वाङ्मय परिषद्, नेपाल स्रष्टा समाज, प्रदेश ३ साहित्य परिषद्, मातृभूमि नेपाल साहित्य समाज, नागार्जुन साहित्य प्रतिष्ठान, कौशिकी साहित्य प्रतिष्ठान, सिस्नुपानी नेपाल, साहित्य सङ्गम चितवन, नेपाल साहित्यिक पत्रकार सङ्घ, साहित्य सङ्गम मकवानपुर, गण्डकी साहित्य सङ्गम पोखरा, अन्तर्बोध मासिक, बर्दिवास साहित्य समाज, श्यामप्रसाद शर्मा अध्ययन प्रतिष्ठान, चन्द्रागिरी साहित्य समाज, शुक्ला साहित्यिक समाज, दुधौली साहित्यिक समाज, प्रगतिशील प्राध्यापक सङ्गठन, हाम्रो सिर्जना, बुढानिलकण्ठ साहित्य समाज, हेमराज पहारी साहित्य प्रतिष्ठान, राबासाबा प्राज्ञिक समाज, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल बुद्धिजीवी सङ्घ, गुगुल्डी वाङ्मय प्रतिष्ठान, मकाकाली साहित्य सङ्गम । एवं प्रकारले इच्छुक अन्य थुप्रै साहित्यिक सङ्घ÷संस्थालाई अभिनन्दन समारोहमा सामेल गर्ने कुराकानी भइरहेको तथा त्यसबारे निर्णय हुँदै जाने जानकारी प्रलेस अध्यक्ष गिरीले गराउनुभएको छ ।


No comments: