Sunday, September 17, 2017

सँझ्यामा गुञ्जिए मातृका, स्वप्निल र अमृता


सँझ्या साहित्य शृंखलाको साउन महिनाको शृंखलामा वरिष्ठ प्रगतिवादी कवि मातृका पोखरेल, स्वप्निल स्मृति र कवयत्री अमृता स्मृतिले कविता वाचन गरेका छन्।

ओम ज्ञान मन्दिर स्कुल भक्तपुरमा आयोजित कार्यक्रममा तीन कविले आठ आठ वटा कविता वाचन गरेका थिए।

प्रत्यक महिनाको दोस्रो शनिबार आयोजना हुने शृंखलामा प्रत्यक कविले चार वटा कविता पहिलो चरण र चारवटा कविता दोस्रो चरणमा सुनाउने गर्दछन्।

प्रगतिशील लेखक संघका अध्यक्ष समेत रहेका प्रश्नहरुको बाढी , जंगबहादुर , चस्मा, नरेश शाक्याका आँखा , बनफूल र सपना, म तिम्रा कविताको विरुद्धमा लेख्छु, दिल्लीका मच्छरहरु लगायतका कविता वाचन गरेका थिए। परिवर्तन र जागरका पक्षमा कलम चलाउने कवि पोखरेलका कविताले समकालीन नेपाली राजनीतिको यर्थाथ चित्र प्रस्तुत गरेका छन्। केही कविताले नेपाली कम्युनिस्ट पार्टीमा देखिएको विचलन, विकृत र विसंगतिमाथि व्यंग्य प्रहार गरेका छन्।

त्यस्तै कवि स्वप्निल स्मृतिले बुबा, शंखे किरा, ओ मेरो प्रियु युद्ध !, इँटाको रातो जंगल, आँधीको आख्यान, चक्रपथ, बालुवाटार, पश्चिम क्षितिजबाट शीर्षकका कविता वाचन गरेका थिए। स्वप्निलले कवितामा माओवादी जनयुद्ध र त्यसले नेपाली समाजमा पारेको प्रभाव मुख्य विषयका रुपमा उठाएका छन्। उनले कविताले परिवर्तन र विद्रोहको पक्षमा आवाज उठाएका छन् भने केही कविताले शहरी कृत्रिमता र त्यसले मावन समूदायमा पारेको प्रभावको चित्रण गरेका छन्।

अर्की कवयत्री अमृता स्मृतिले सपनाको चिहान, जिन्दगीलाई बिन्तीपत्र, जवाफ अझै आएन लगायतका आठ कविता वाचन गरिन्। उनका कविताले मायाप्रेम, समसामयिक राजनीतिक अवस्था आदिको चित्रण गरेका छन्।

सँझ्या साहित्यले हरेक महिनाको दोस्रो शनिबार तीन कविका सामूहिक कविता वाचन गर्दै आइरहेको छ।
सँझ्याका अभियन्ता महेश पौडेलले कला र कविताका लागि तीन वर्षदेखि समावेशी कार्यक्रमको पहिलो नमूना कार्यक्रम गरिरहेको बताउँदै नेपालकै उत्कृष्ट काव्यिक कार्यक्रम गर्ने आफ्नो उद्देश्य रहेको बताए।

कार्यक्रमको अन्त्यमा कवि विक्रम पवन परियारले एउटा बोनस कविता प्रस्तुत गरेका थिए।









https://nepalkhabar.com बाट साभार 
=====================================




सँझ्या साहित्यको आयोजनामा  २०७४ भाद्र १० गते आयोजित  कविता वाचन कार्यक्रममा
 कवि मातृका पोखरेल - १ ।



सँझ्या साहित्यको आयोजनामा  २०७४ भाद्र १० गते आयोजित  कविता वाचन कार्यक्रममा
 कवि मातृका पोखरेल - २ ।



सँझ्या साहित्यको आयोजनामा  २०७४ भाद्र १० गते आयोजित  कविता वाचन कार्यक्रममा
कवि मातृका पोखरेल - ३ ।


सँझ्या साहित्यको आयोजनामा  २०७४ भाद्र १० गते आयोजित  कविता वाचन कार्यक्रममा
कवि स्वप्निल स्मृति ।


सँझ्या साहित्यको आयोजनामा  २०७४ भाद्र १० गते आयोजित  कविता वाचन कार्यक्रममा 
कवि मेरिना स्मृति  ।  


===========================================================


































No comments: