Sunday, April 15, 2018

रत्नकुमार बान्तवाको सपना चाडैँ पूरा हुन्छ : मुख्य मन्त्री शेरधन राई


इलाम । एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले रत्नकुमार बान्तवाको जनतालाई मालिक बनाउने सपना पूरा भएको बताएका छन् । उनले रत्नकुमार बान्तवाका केही सपना पूरा भए पनि केही सपना पुरा हुन बाँकी रहेकाले ती सपना पुरा गराउन सबै लाग्नु पर्ने बताए ।

रत्नकुमार बान्तवाको ६६ औं जन्मजयन्ती तथा ३९ औं स्मृति अवसरको उपलक्षमा २०७४ साल चैत २७ गते रत्नबम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अवसरमा इलामको देउमाइ नगरपालिकास्थित चमैताको चित्रेमा बोल्दै रत्नबहादुर बान्तवा राजनीतिक प्रेरक रहेको बताए । उनले भने–‘रत्न बान्तवाको राजनीतिबाट मैले प्रेरणा पाएर राजनीतिमा आएको हुँ ।’ त्यसैले पनि मैले उहाँको सपना पुरा गर्न लागिपरेको छु । ’उनले रत्नकुमार बान्तवाको मुलुकमा आर्थिक क्रान्ति ल्याउने सोच भने अब पछिल्लो पुस्ताले पुरा गर्नुपर्ने बताए ।

वि.सं २००९ साल चैत २७ गते इलामको चमैताको चित्रेमा जन्मेका बान्तवालाई २०३५ साल चैत २७ गते देउमाईको किनारमा तत्कालिन सत्ता पक्षबाट हत्या गरिएको थियो ।

बहुप्रतिभाशाली क्षमताका बान्तवाले तत्कालिन राजनीतिक प्रबृतिको बिरुद्धमा संघर्ष गरेका थिए । पञ्चायती व्यबस्थाको बिरुद्धमा सङघर्ष गर्ने क्रममा भुमिगत जीवन बिताउँदै भुमिगत रुपमै संघर्षका कार्यक्रम गर्ने क्रममा मारिएका थिए ।

तत्कालिन नेकपा मालेका कोअर्डिनेसन समितिका केन्द्रीय सदस्य समेत रहेका वान्तवालाई लोकतन्त्र पछि नेपाल सरकारले २०७२ फाल्गुन १८ गते सहिद घोषणा गरेको हो । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले रत्नबहादुर बान्तवाको बासस्थान रहेको घर सम्म पुग्ने बाटो पक्की हुनु पर्ने बताए । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल , एमाले केन्द्रीय कमिटी सदस्य देवराज घिमिरे, राष्ट्रियसभा सदस्य अगम बान्तवा, प्रदेशसभा सांसद राम बहादुर मगर,धिरेन्द्र शर्मा,जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत लगायतले मन्तव्य राखेका थिए ।













No comments: