Thursday, July 19, 2018

कुलेश्वरमा भानु जयन्ती


काठमाडौँ, २ साउन २०७५ : आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा कुलेश्वर आवास परिवार कल्याण संस्थाको साहित्य, कला, संस्कृति समाजले आज कवि गोष्ठीको आयोजना ग¥यो ।


कार्यक्रममा भानुभक्तसम्बन्धी र समसामयिक कविता वाचन गरिनाका साथै भानुको व्यक्तित्वबारे प्रवचन प्रस्तुत गरिएको थियो । स्रष्टा शान्ता मानवी, प्रा घनश्याम कँडेल, मातृका पोखरेल, गोविन्द नेपाल, विधान आचार्य, डा आमसान प्याकु¥याल, प्रकाश सिलवाल, मथुरा सैजु, बाबुराम काफ्ले, युवराज नेउपाने, नीलहरि सुवेदीलगायतले कविता वाचन गर्नुभएको थियो । कतिपय कविले भानुभक्तसम्बन्धी कविता प्रस्तुत गर्नुभयो भने कतिपयले समसामयिक कविता वाचन गर्नुभएको थियो ।

पूर्वमन्त्री मानवीले आफूले बच्चा बेलामै भानुभक्तको रामायण पढेको सन्दर्भ उल्लेख गर्दै भाषिक एकताका लागि भानुको योगदान देश विदेशमा स्मरणीय रहेको बताउनुभयो । उहाँले स्रष्टाहरुले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन रचना गर्नुपर्ने अहिलेको आवश्यकता हो भन्नुभयो । प्रवचक पं नारायण आचार्यले भानुभक्तका कवितामा अध्यात्मिक विशिष्टता पाइने बताउनुभयो ।

ज्येष्ठ नागरिक समाजका संयोजक कृष्णमुरारी शर्माले भानुबारे नयाँ पुस्तामा थप बुझाउन आवश्यक रहेको बताउनुभयो । समाजका अध्यक्ष राम विनयले समाजले नियमित साहित्यिक गतिविधि गर्दा स्थानीय वृद्ध, युवा र विद्यार्थीसमेतको सहभागिता हुँदै आएको जानकारी दिनुभयो ।

रासस
www.nepalhalkhabar.com बाट साभार 

No comments: