Friday, September 15, 2017

रमेश शुभेच्छुद्वारा लिखित ‘राजेन्द्र सुवेदीका आयाम’ सार्वजनिक

Ramesh Shubechhu book lunch1काठमाडौँ : रमेश शुभेच्छुद्वारा लिखित ‘राजेन्द्र सुवेदीका आयाम’ नामक कृति सार्वजनिक भएको छ ।  मंगलबार सर्वनाम नाटक घरमा  प्रा. राजेन्द्र सुवेदीको ७१ औँ जन्मोउत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रा.डा चुडामणि बन्धुले ‘राजेन्द्र सुवेदीका आयाम’को विमोचन गरे ।
सुवेदीको जीवनी र कृतित्वमा आधारित कृतिमाथि समालोचक लक्ष्मण गौतमले समीक्षात्मक मन्तव्य व्यक्त गरे । गौतमले  कृतिमा सुवेदीको बहुआयामिक व्यक्तित्व समेटिएको  उल्लेख गरे । गौतमले सुवेदी नेपाली साहित्य क्षेत्रको ठूलो नदी भएको उल्लेख गर्दै भने,  ‘ठूला नदीको जल रमेश शुभेच्छुले एउटा लोटामा राख्नु भएको छ । यो प्रशंसनिय कार्य हो ।’
गौतमले कृतिमा केही सामाग्री पुनरावृत्ति भएकाले त्यसलाई आगामी संस्करणमा सच्याउन समेत आग्रह गरे ।
‘सर्जक राजेन्द्र सुवेदी अभिवादन समिति’ले आयोजना गरेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अभिवादन समितिका अध्यक्ष रमेश भट्टराइले भने, ‘गुरु शिष्यको परम्परामा हामी सामेल भयौँ । गुरु शिष्यको सम्मान गर्ने परम्परा बसाल्यो भने मात्र हामीले पनि सम्मान पाउछौँ ।’
Ramesh shubechhu book1
कार्यक्रममा प्रा. केशव सुवेदीले राजेन्द्र सुवेदीको व्यक्तित्वबारे चर्चा गरे भने प्रा.डा. माधव प्रसाद पोखरेलले सुवेदी नेपाली साहित्यका पाठकका लागि संस्था भएको चर्चा गर्दै भने, ‘राजेन्द्र सुवेदी नेपाली साहित्यका पाठकका लागि सिंगो संस्था हो ।’
कृति विमोचन कार्यक्रममा बोल्दै लेखक रमेश शुभेच्छुले सुवेदीको कृति प्रशंसा नभएर समालोचनात्मक भएको उल्लेख गरे । शुभेच्छुले नेपाली साहित्यमा पछिल्लो समय सेलिब्रेटीका पुस्तक अर्कै लेखकले लेख्ने परम्पराले सही लेखकको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । शुभेच्छुले भने, ‘एउटा व्यक्तिको आत्माकथा आज लेखिदा महान् कृति भएको छ । त्यो भोली फोटोकपी गरेर अर्काले उपन्यास बनाएर बजारमा आएमा त्यसप्रति को जिम्मेवार ?’
‘राजेन्द्र सुवेदीका आयाम’ दुई सय ६७ पृष्ठमा समेटिएको छ भने कृतिमा आठ पाठ समेटिएका छन् । पुस्तकमा सुवेदीको पृष्ठभूमि, जीवन यात्रा, सिर्जन यात्रा, समीक्षा यात्रा, सम्पादन यात्रा, शैक्षिक यात्रा, कृति स्तम्भ, सुवेदीका रोडमोडल सामथ्र्य र विशेसाङ्कनसम्मका सामाग्री समेटिएका छन् ।
कृति विमोचन कार्यक्रममा प्रा.डा. वासुदेवी त्रिपाठी, प्रा.केशव प्रसाद सुवेदी प्रा.डा. माधव पोखरेल, लगायतले राजेन्द्र सुवेदीको ७१ औँ जन्मोत्सवको अवसरमा सुवेदीलाई दीर्घायुको शुभकामना समेत दिएका छन् ।
प्राज्ञ प्रा. दिनेशराज पन्त, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रज्ञ मातृका पोखरेल, प्रा.डा. सुधा त्रिपाठी  लगायत नेपाली साहित्यका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । कृतिलाई जुगल पब्लिकेशन प्राली बुद्धनगरले प्रकाशन गरेको हो ।
Ramesh Shubechhu1
http://www.nayapage.com बाट साभार
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७२ समय - १९:४८:४२   |  4 Aug, 2015

No comments: