Sunday, August 18, 2019

इसासका संस्थापक उपाध्यक्ष हरिकृष्ण दर्शनधारीको सातौं स्मृतिमा " इन्द्रेणी साँझ" कार्यक्रमको आयोजना ।

इन्द्रेणी साँस्कृतिक समाजका संस्थापक उपाध्यक्ष हरिकृष्ण दर्शनधारीको सातौं वार्षिक स्मृतिका अवसरमा इन्द्रेणी साँस्कृतिक समाजले  " इन्द्रेणी साँझ"  कार्यक्रमको  आयोजना गरेको छ । २०७६ साल साउन ३२ गते  किर्तिपुरको बाघभैरवस्थित प्रजादबुमा  आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि इन्द्रेणी साँस्कृतिक समाजका संस्थापक अध्यक्ष तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन हुनुहुन्थ्यो । कार्यक्रममा 'स्मृतिका स्वरहरू'  अडियो सी.डि. को विमोचन प्रमुख अतिथि  रायन र विशिष्ट अतिथिहरू किर्तिपूर नगरपालिकाका प्रमुख रमेश महर्जन, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेल र इन्द्रेणी साँस्कृतिक समाजका संस्थापक कोषाध्यक्ष वदन शर्माले संयुक्ता रूपमा गर्नुभएको थियो । कार्यक्रम इन्द्रेणी साँस्कृतिक समाजका अध्यक्ष वीरप्रसाद भन्सारीको सभापतित्वमा भएको थियो । 


------------------------------------------------------------------

No comments: