Thursday, September 14, 2017

साँस्कृतिक तथा साहित्यिक कार्यक्रम गरी फर्के

काठमाडौं, बैशाख ३ गते २०७२। बंगलादेशको राजधानी ढाकामा दुुईदिने सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न गरी नेपाली टोली राजधानी फर्किएका छ । 

बंगलादेशका समाज कल्याण राज्यमन्त्री प्रमोद मानकिन, नेपाली राजदूत हरिकुमार श्रेष्ठ र प्राज्ञ मातृका पोखरेलले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा जरा फाउण्डेसनका अध्यक्ष कवि कृष्ण प्रसाई, कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, कलाकार नगेन्द्रप्रसाद पौडेल, मधुपर्कका सम्पादक एंव सहित्यकार श्रीओम श्रेष्ठ रोदन, समालोचक महेश पौड्याल, गायक तथा सङ्गीतकार प्रदीप वमजनलगायतका स्रष्टाहरू सहभागी हुनु भएको थियो ।
रूट बंगलादेश ओइका लिमिटेड र जरा फाउन्डेसनको संयुक्त आयोजनामा भएको दुईदिने कार्यक्रममा बंगलादेश तथा नेपाली कलाकारहरूद्घारा विविध सास्ंकृतहरू कार्यक्रम प्रस्तुत गरिएको थियो । दुवै देशको राष्ट्रगानबाट सुरू गरिएको कार्यक्रममा गायक तथा संगीतकार प्रदीप बमजनले नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरको प्रसिद्घ गीत बंगला भाषामा गाउनु भएको थियो ।
दोस्रो दिन संस्कृति मामिला मन्त्रालय, बंगलादेशका सचिव डा.रन्जित विश्वासले बंगलादेशको साहित्यमा छोटा कथा र समालोचक महेश पौडेलले समकालीन नेपाली साहित्यको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कलाकार नरेन्द्रबहादुर श्रेष्ठले काठेकलासम्बन्धी प्रस्तुुति र कलाकार नगेन्द्र पौड्यालले दुई देशसम्बन्धी चित्रकला बनाउनु भएको थियो ।
दुई दिने सास्ंकृतिक तथा साहित्यिक कार्यक्रममा कविहरू कृष्ण प्रसाई, राधेश्याम लेकाली, मातृका पोखरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, सीमा आभास, डा. नीरज भट्टराई र सिलगुडीका लतिका जोशीले कविता वाचन गर्नु भएको थियो । बंगालादेशका तर्फबाट राष्ट्रिय कवि परिषदका अध्यक्ष रफिक आजाद, मोहम्मद सलाउदिन कुटु, हनिफ खानलगायत दुई दर्जन कविहरूले कविता वाचन गरेका थिए । कार्यक्रममा कलाकार अस्मिता भण्डारी, प्रमिशा श्रेष्ठ थापा, पवन पाठक र नित्या कोइरालाले नृत्यकला प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा बंगला एकेडेमीका प्रमुख सामसुजामन खान, सभासद काजी रोजी, समतो सांस्कृतिक केन्द्रका प्रमुख गुलाम कुद्देश रूट बंगलादेशका अध्यक्ष सेली सेनगुप्ता, ओइको लिमिटेडका अध्यक्ष इम्दादुल हक र जरा फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाईले नेपाल र बंगलादेशबीच सम्पन सांस्कृतिक तथा साहित्यिक आदानप्रदान कार्यक्रमले दुई देशको सम्बन्ध थप सुदृढ हुने विचार व्यक्त गरेका थिए ।

www.gorkhapatraonline.com बाट साभार 

===============================================















No comments: