Sunday, September 17, 2017

नेपाल प्रज्ञा - प्रतिष्ठानको टोलीद्वारा चीनको एक साता लामो सद्भाव भ्रमण सम्पन्न ।

चाइना लेखक सङ्घ ( China Writers Association ) को निम्तोमा कुनमिन, छेन्दु र बेइजिङ्गमा आयोजना हुने साहित्यिक कार्यक्रम एवम् सद्भाव भ्रमणका लागि २०७४ साल असार १८ गते नेपाल प्रज्ञा - प्रतिष्ठानको एक टोली त्यसतर्फ प्रस्थान गरेको थियो । नेपाल प्रज्ञा - प्रतिष्ठानका उपकुलपति डा. विष्णुबिभु घिमिरेको नेतृत्वमा उक्त भ्रमण दलमा प्राज्ञ हेमाङ्गराज अधिकारी ,प्राज्ञ उषा ठाकुर , प्राज्ञ ज्ञानु पाण्डे , प्राज्ञ मातृका पोखरेल , प्राज्ञ विवश पोखरेल र नेपाल प्रज्ञा - प्रतिष्ठानका उप-प्रमुख शशी चालिसे हुनुहुन्थ्यो । नेपाल प्रज्ञा - प्रतिष्ठानको टोलीसँग २०७४ साल असार १८ गते युनान प्रान्तको कुनमिनमा चाइना लेखक सङ्घ, युनान प्रान्तले एक छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चाइना लेखक सङ्घ ( China Writers Association ) युनानका प्रतिनिधि Pan Ling ले हामी र तपाईंहरूका बीचमा साहित्यको रचना गर्ने विषयहरू समान रहेको धारणा राख्नुभयो । उहाँले तपाईंहरूले जसरी चिनियाँ साहित्यकारहरुले पनि पहाडी जनताका कथा लेखेका छौँ भन्नुभयो ।कार्यक्रममा आफ्ना विचार राख्दै नेपाल प्रज्ञा - प्रतिष्ठानका उपकुलपति डा. विष्णुबिभु घिमिरेले नेपाल र चीन बीचको सम्बन्ध धर्ती जत्तिकै पुरानो छ भन्नुभयो । नेपालबाट गएका प्रतिनिधिहरु प्राज्ञ हेमाङ्गराज अधिकारी , प्राज्ञ उषा ठाकुर , प्राज्ञ ज्ञानु पाण्डे , प्राज्ञ मातृका पोखरेल , प्राज्ञ विवश पोखरेलले पनि नेपाली साहित्यका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । चाइना लेखक सङ्घ युनान प्रान्तकाका अन्य पदाधिकारीले दुई देशका साहित्यिक सम्बन्धलाई अगाडि बढाउन खेलिनुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभयो । 

कार्यक्रममा दुवै पक्षले एकअर्काको समकालीन साहित्यको वर्तमान अवस्थाको बारेमा जिज्ञासा राखेको थियो ।

सोहीदिन चाइना लेखक सङ्घ, युनानले नेपाली प्रतिनिधिमण्डललाई टिन्स ताल , प्राचीन दरबार लगायत युनानका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन गराएको थियो ।

चाइना लेखक सङ्घ, बेइजिङले २०७४ साल २० गते बेइजिङमा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा एउटा छलफल एवम् स्वागत कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रममा चाइना लेखक सङ्घका अध्यक्ष Chang Tao ले नेपाल प्रज्ञा - प्रतिष्ठान र चाइना लेखक सङ्घको साहित्यिक सद्भाव आदानप्रदान कार्यक्रम अन्तर्गत दुई देश बीच भएका विगतका सम्बन्धहरुको स्मरण गर्नुभयो । सोही कार्यक्रममा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष Qiu Huadong ले चिनियाँ सरकारले चिनियाँ अल्पसंख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्व दिएको जानकारी दिनुभयो । नेपाल प्रज्ञा - प्रतिष्ठानका उपकुलपति डा. विष्णुबिभु घिमिरेले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो । 

उक्त समारोहमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सहभागी साहित्यकारहरू प्राज्ञ हेमाङ्गराज अधिकारी , प्राज्ञ उषा ठाकुर , प्राज्ञ ज्ञानु पाण्डे , प्राज्ञ मातृका पोखरेल , प्राज्ञ विवश पोखरेलले पनि नेपाली साहित्यको वर्तमान अवस्थाको जानकारी दिंदै चिनियाँ साहित्यका विविध पक्षका बारेमा जिज्ञासा राख्नुभएको थियो । सोहीदिन चाइना लेखक सङ्घ, बेइजिङ्गले नेपाली प्रतिनिधिमण्डललाई ग्रेट वाल , नेपाली कलाकार अरनिकोद्वारा निर्माण गरिएको स्वेत चैत्य लगायत बेइजिङ्गका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन गराएको थियो । 
चाइना लेखक सङ्घ, सिन्चुवानले २०७४ साल २३ गते सिन्चुवानको राजधानी छेन्दुमा साहित्यिक छलफल एवम् स्वागत कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चाइना लेखक सङ्घ, सिन्चुवानका उपाध्यक्ष Gong Xue ले सिन्चुवानका लेखकहरूको ऐतिहासिक योगदान र त्यहाँको लेखक सङ्घको साङ्गठनिक अवस्थाको बारेमा जानकारी गराउनुभयो । उहाँले सिन्चुवान लेखक सङ्घले इन्टरनेट साहित्यमा धेरै महत्व दिएको धारणा राख्नुभयो । उक्त समारोहमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट नेपाल प्रज्ञा - प्रतिष्ठानका उपकुलपति डा. विष्णुबिभु घिमिरेले प्रतिनिधिमण्डलका सदस्यहरुको परिचय गराउदै नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा ओजपूर्ण मन्तव्य राख्नुभएको थियो । 

सोहीदिन चाइना लेखक सङ्घ, सिन्चुवानले नेपाली प्रतिनिधिमण्डललाई रेडपाण्डा चिडियाखाना, संग्रहालय लगायत छेन्दुका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन गराएको थियो ।

सोही दिन चाइना लेखक सङ्घ, सिन्चुवानका अध्यक्षले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा सद्भावपूर्ण रात्रिभोजको आयोजना गर्नुभएको थियो । 

नेपाल प्रज्ञा - प्रतिष्ठानको टोली २०७४ साल असार २४ गते एक हप्ता लामो साहित्यिक सद्भाव भ्रमण सम्पन्न गरी युनान प्रान्तको कुनामिन हुँदै काठमाण्डु फर्किएको थियो ।


========================================================








कान्तिपुर दैनिक, वर्ष २५ अङ्क १४४ , २७ असार २०७४

अन्नपूर्ण पोष्ट दैनिक , वर्ष १६, अङ्क ७१, मङ्गलबार २७ असार २०७४

============================================




















































































































































































===============================

















































































































































































































































































======================================







No comments: