Wednesday, October 21, 2020

अक्टोबर क्रान्तिको वार्षिकोत्सवको भव्य तयारी, यसरी बन्यो आयोजक समिति

 संसार न्यूज़


२६ भदौ २०७७ , काठमाडौँ । प्रत्येक वर्ष मनाइँदै आएको अक्टोबर क्रान्तिको वार्षिकोत्सव यसपटक पनि भव्य रुपमा मनाउने तयारी गरिएको छ ।

हालै सम्पन्न छलफलबाट अक्टोबर क्रान्तिको वार्षिकोत्सव भव्य रुपमा मनाउन वामपन्थि नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथीको संयोजकत्वमा ‘अक्टोबर क्रान्ति वार्षिकोत्सव मूल आयोजक समिति’ बनाइएको छ ।

आगामी कार्तिक २२ गते काठमाडौं र देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइने तयारी गरिएको छ । काठमाडौमा माक्र्सवादी चिन्तक मुरारी अर्यालको विचारपत्र र कार्यपत्र माथि छलफल हुने अभियन्ता मातृका पोखरेलले जानकारी दिएका छन् ।


यस्तो छ- अक्टोबर क्रान्ति वार्षिकोत्सव मूल आयोजक समिति :
स्वनाम साथी – संयोजक
डा. मुकेशकुमार चालिसे – सदस्य
लोककृष्ण भट्टराई – सदस्य
कुमार पौडेल – सदस्य
समीर सिंह – सदस्य
प्रमोद धिताल – सदस्य
इन्द्रराज लामा – सदस्य
इन्द्र रेग्मी – सदस्य
घनश्याम शर्मा पौडेल – सदस्य
डाचाराज वाग्ले – सदस्य
राजु खड्का – सदस्य
प्रकाश पोखरेल – सदस्य
निर्मल बराल – सदस्य
रामप्रकाश पुरी – सदस्य
मधु क्षेत्री – सदस्य
उदय श्रेष्ठ – सदस्य
माधव प्रधान – सदस्य
भुमिका सुब्बा – सदस्य
प्रेमनाथ अधिकारी – सदस्य
केशर कालिकोटे – सदस्य
शेषमणि आचार्य – सदस्य
सरिता महर्जन – सदस्य
किशन शर्मा गैरे – सदस्य
पुरुषोत्तम आचार्य –सदस्य
नानिमैया अधिकारी – सदस्य
सीता शर्मा –सदस्य
सीता ओझा – सदस्य
हरिगोविन्द लुइँटेल – सदस्य
स्नेह सायमी – सदस्य
दील ‘वरदान’ – सदस्य
रामराज रेग्मी – सदस्य
शरद पौडेल – सदस्य
रणेन्द्र बराली – सदस्य
जय कार्की – सदस्य
लक्षिराम आचार्य – सदस्य
सुरेश नेउपाने – सदस्य
शंकर दुलाल – सदस्य
शिव फुयाल – सदस्य
विनोद लोहनी – सदस्य
रवि गुरागाइ – सदस्य
लेखराज रेग्मी – सदस्य
जीवन शर्मा – सदस्य
नन्दकुमार थापा – सदस्य
कमानसिंह लामा – सदस्य
फणीन्द्र आचार्य – सदस्य
सर्वोत्तम डङ्गोल – सदस्य
श्रीकृष्ण श्रेष्ठ – सदस्य
बलराम तिमिल्सिना – सदस्य
पुण्यप्रसाद खरेल – सदस्य
तुलसीदास महर्जन – सदस्य
कृष्णमोहन जोशी – सदस्य
डा. कृष्णराज अधिकारी – सदस्य
निलकण्ठ तिवारी – सदस्य
गणेश खनाल – सदस्य
विमला केसी – सदस्य
बलभद्र भारती – सदस्य
बासु देवकोटा – सदस्य
बसन्त दवाडी – सदस्य
सुदर्शन पराजुली – सदस्य
देवेन्द्र थुम्केली – सदस्य
तेजविलास अधिकारी – सदस्य
कमल बराल – सदस्य
भविन्द्र अधिकारी – सदस्य
गोपाल निर्भीक – सदस्य
शान्ती प्रियवन्दना – सदस्य
राजन गौतम – सदस्य
तारा गाउँले – सदस्य
लोक लामा – सदस्य
हेम विक्रम राई – सदस्य
लक्ष्मी गुरुङ – सदस्य
माधव घिमिरे ‘अटल’ – सदस्य
प्रकाश योञ्जन – सदस्य
बदन शर्मा – सदस्य
शार्दुल भट्टराई – सदस्य
देविका तिमिल्सिना – सदस्य
सावित्री भण्डारी – सदस्य
राजेन्द्र महर्जन ‘पुता’ – सदस्य
विरप्रसाद भन्सारी – सदस्य
एस. बि. थापा – सदस्य
होम खड्का – सदस्य
अमित लोप्चन – सदस्य
गोकुल गौतम – सदस्य
केपी पाठक – सदस्य
पारस ढकाल – सदस्य
बोध कुमार घिमिरे – सदस्य
पवन रेग्मी – सदस्य
शान्ती लामा – सदस्य
मातृका पोखरेल – सदस्य

www.sansarnews.com बाट साभार 

============================================

अक्टोबर र चिनियाँ क्रान्तिको स्मरणमा कार्यक्रम

काठमाडौँ । महान् रुसी अक्टोबर क्रान्ति तथा चिनियाँ नयाँ जनवादी क्रान्तिलाई स्मरण गर्ने गरी २०७७ असोज १५ गते भर्चुअल माध्यमबाट एउटा कार्यक्रम सम्पन्न भएको छ । “रुसको अक्टोबर क्रान्तिदेखि चीनको अक्टोबर क्रान्ति मास समारोह आयोजक समिति” को ब्यानरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उपस्थित सबैले ‘इङ्कलाब जिन्दावाद !’ नारा लगाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । सहिदको सम्मानमा भावपूर्ण श्रद्धाञ्जलीस्वरूप एक मिनट मौनधारणपछि सहभागीले सामूहिक रूपमा अन्तर्राष्ट्रिय गीत गाएका थिए ।

कार्यक्रममा उक्त अभियानका संयोजक स्वनाम साथी, समीर सिंह, मीना पुन, मातृका पोख्रेल, घनश्याम शर्मा पौडेल, शेषमणि आचार्य, रोहित बास्तोला र रणेन्द्र बरालीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीलाई सरिता महर्जनले धन्यवाद दिनुभएको थियो ।

आजको कार्यक्रम चिनियाँ नयाँ जनवादी क्रान्तिलाई स्मरण गर्दै सम्पन्न गरिएको सो अभियानका सदस्य समीर सिंहले युगदर्शनलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘अक्टोबर क्रान्ति दिवस अर्थात् नोभेम्बर ७ सम्म गोष्ठी, अन्तक्र्रियालगायतका कार्यक्रम गरी अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलाई स्मरण गरिने छ ।’

उहाँले आजैका दिन चितवन, पोखरालगायतका स्थानमा पनि यस्तै कार्यक्रम भएको जानकारी दिनुभयो ।

ती दुई क्रान्तिलाई स्मरण गर्न स्वनाम साथीको संयोजकत्वमा समीर सिंह, रामप्रकाश पुरी, लक्षिराम आचार्य, जीवन शर्मा, मधु क्षेत्रीसहितको “रुसको अक्टोबर क्रान्तिदेखि चीनको अक्टोबर क्रान्ति मास समारोह आयोजक समिति” गठन गरिएको बताइएको छ ।

www.yugdarshan.com बाट साभार 

मातृका पोखरेलको फेसबुक वालबाट

No comments: