Tuesday, November 14, 2017

मीना शाक्यको कविता सङ्ग्रह "गठेमङ्गल" र स्रष्टा हरिॐ प्रधानको कविता सङ्ग्रह "फाटेको टोपी" सार्वजनिक ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आज २०७४ कात्तिक २४ गते राजधानीमा आयोजना गरेको कृति लोकार्पण समारोहमा अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष स्रष्टा मीना शाक्यको कविता सङ्ग्रह "गठेमङ्गल" र स्रष्टा हरिॐ प्रधानको कविता सङ्ग्रह "फाटेको टोपी" नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सार्वजनिक गर्नु भयो ।

सो दुबै कृतिकाबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरी र स्रष्टा धर्मराज बरालले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. घिमिरे, अध्यक्ष राधेश्याम लेकाली, महासचिव सन्ध्या पहाडील, स्रष्टाहरु मीना शाक्य र हरि ॐ प्रधानलगायतले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

मिडिया इन्टरनेशनल, अनामनगरमा आयोजना गरिएको सो समारोहमा प्राज्ञहरु मातृका पोखरेल, सुलोचना मानन्धर, वरिष्ठ साहित्यकार अच्युतरमण अधिकारी, गायत्री श्रेष्ठ, अविनाश श्रेष्ठ, गङगा लिगल, रामप्रसाद दाहाल, लव गाउँले, मोहनबहादुर कायस्थ, धुर्ब मधिकर्मी, विजयध्वज थापालगायतको उपस्थिति रहेको थियो ।

लोकार्पित दुबै पुस्तक अनेसास नेपालले प्रकाशन गरेको हो ।



No comments: