Monday, January 8, 2018

भक्तपुर साहित्यिक समाजको आयोजनामा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न ।

                         स्वर्णगजुर त्रैमासिक, वर्ष- अंक - ३, पूर्णाङ्क -२६ , २०७४ चैत 


भक्तपुर साहित्यिक समाजको आयोजनामा यही २०७४ साल पुस २४ गते स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर साहित्यिक समाजको १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको  अध्यक्षता  समाजका अध्यक्ष राजुराम मुनकर्मीले गर्नुभएको थियो । स्रष्टाहरू गणेशराम लाछी , सुवासचन्द्र ढुंगेल र रमना श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेल सहित विशिष्ट अतिथि तेजेश्वरबाबु ग्वंग, कृष्णलाल प्रधान र सम्मानित व्यक्तित्वहरूले मन्तव्य राख्नुभएको थियो । 









































=====================

भक्तपुर साहित्यिक समाजको उन्नाइसौं स्थापना दिवसमा स्रष्टाहरू सम्मानित


भक्तपुर, पुस २४ २०७४ । आज भक्तपुरको भक्तपुर पार्टी भेन्यु, सुर्यविनायकमा आयोजना गरिएको भक्तपुर साहित्यिक समाजको उन्नाइसौं स्थापना दिवस भव्यताका साथ सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठान गद्य/आख्यान विभागका प्रमुख प्राज्ञ मातृका पोखरेल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न tउक्त समारोहमा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका तीन व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वमावरिष्ठ साहित्यकारहरू सुवासचन्द्र ढुंगेल, गणेशराम लाछिमस्यु र रमना श्रेष्ठ हुनुहुन्छ ।

उक्त समारोहमा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजका नया विशिष्ट तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

https://babukajinews.blogspot.com बाट साभार 

=====================================

स्रष्टा सम्मानित

भक्तपुर, पुस २४ २०७४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ । 
सोमबार भक्तपुरमा समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा भक्तपुर निवासी गीतकार सुवासचन्द्र ढुङ्गेल, मध्यपुरथिमि निवासी संस्कृतकर्मी एवं साहित्यकार गणेशराम लाछी र ललितपुर निवासी गायिका रमना श्रेष्ठलाई सम्मान गरिएको हो ।  प्राज्ञ मातृका पोखरेलले उहाँहरुलाई भादगाउँले टोपी र माला लगाएर दोसल्ला ओढाई अभिनन्दन गर्दै सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
कार्यक्रममा प्राज्ञ पोखरेल, वरिष्ट साहित्यकार तेजेश्वरबाबु ग्वंग, सम्मानित स्रष्टाहरु ढुङ्गेल, लाछी र रमना श्रेष्ठले भक्तपुरमा साहित्य र संगीतको यात्रा अगाडि बढेको चर्चा गर्नुभयो । समाजका अध्यक्ष राजुराम मुनंकर्मीले घुमन्ते साहित्यिक कार्यक्रम गर्दै आएको संस्थाले हरेक वर्ष गर्ने स्रष्टा सम्मानले साहित्यकारलाई प्रेरणा दिने बताउनुभयो ।

No comments: