Friday, March 2, 2018

देवकोटा–लु सुन प्रतिष्ठानको कार्यक्रममा भाग लिन चिनियाँ साहित्यकार काठमाडौँमा



देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सेमिनारमा भाग लिन चिनियाँ साहित्यकारको टोली नेपाल आइपुगेको छ। 

प्रतिष्ठानद्वारा यही फागुन १९ गते आयोजित ‘लुसुनका निबन्धः सामाजिक तथा राजनीतिक महत्व’ विषयक सेमिनारमा भाग लिन पाँच सदस्यीय टोली बिहीबार नेपाल आइपुगेको हो।
टोलीमा लुसुन म्युजियमको कार्यकारी निर्देशक हुवाङ छि आवो सेङ्ग, प्रध्यापक चावो जिङ्ग हुवा, वाङ जिया पिङ्ग, तोङ बिङ्ग गुय र जियाङ जिसिङ रहेका छन्।
टालीलाई प्रतिष्ठानका अध्यक्ष निनु चापागाईं सहितको टोलीले स्वागत गरेको थियो।
होलीको दिन नेपाल आएको टोलीले काठमाडौँको वौद्ध लगायतका क्षेत्रको भ्रमण गर्नुका साथै होली पर्वमा सहभागी भएर सदभाव आदनप्रदान समेत गरेको प्रतिष्ठानका सदस्य मातृका पोखरेलले जानकारी दिए।
देवकोटा–लु सुन प्रतिष्ठानको आयोजनामा लु सुनका निबन्धमाथि फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तराष्ट्रिय स्तरको गोष्ठी आजोजना हुँदै छ।

https://nepalkhabar.com बाट साभार 
=======================================
















No comments: