Sunday, September 17, 2017

बादलद्वारा झुस्या मगरको ‘सम्झनाका घाउ’ र ‘विश्वास’ विमोचन !



श्याम रानामगर
मगर मिडिया, आश्विन १४, २०७३  काठमाडौँ
लोक बहादुर थापा मगर “झुस्या”द्धारा मगरभाषामा लिखित र नेपाली भाषामा अनुवादित “सम्झनाका घाउ” र “विश्वास” उपन्यास कृतिको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा मगर बादलद्धारा एक समारोह विच सार्वजनिकीकरण गरिएको छ ।

badal-launches-jhusya-magar-books-002
प्रगतिशिल लेखक सङ्घ, केन्द्रिय समितिको आयोजनामा आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष मातृका पोखरेलले सभापतित्व गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका केन्द्रिय उपाध्यक्ष रामप्रकाश पुरीले राख्नुभएको थियो । प्राज्ञ श्रवण मुकारुङले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जगत उपाध्याय प्रक्षित, रमेश भट्टराई र विश्वभक्त दुलाल आहुतीले कृतिहरुको समीक्षा गर्नुभएको थियो । कृतिको समिक्षामा कृति माथि बोल्दै साहित्यमा पनि मातृभाषाको विकास र क्रान्तीको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । प्रगतिशिल लेखक संघका महासचिव आर एम डङगोलको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सर्जकले कृति रचना र अनुवाद गर्दाको अनुभव पनि बाड्नुभएको थियो ।

badal-launches-jhusya-magar-books-003
लेखक लोक बहादुर थापा मगर झुस्या पृथ्वी नारायण क्याम्पस, पोखराका उप–प्राध्यापक तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय उत्थान प्रतिष्ठानका पुर्व सदस्य सचिव पनि हुनुहुन्छ । स्याङजामा जन्मिनु भएका सर्जकले मगर भाषा साहित्य सम्वन्धी ७ वटा, मगर भाषा सम्वन्धी ४ वटा, सम्पादन ३ वटा, पाठ्यपुस्तक ३ वटा साथै विभिन्न अन्य कृतिहरु प्रकाशन गरि सक्नुभएको छ । सर्जक थापा मगर हर्क पुरस्कार–२०४८ नेपाल मगर संघ केन्द्रिय समिति, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५३ युवा खेलकुद तथा संस्कृति मन्त्रालय, जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार– २०६३ जितबहादुर सिंजाली मगर भाषा साहित्य प्रतिष्ठान, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०६९ नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता पुरस्कारहरुबाट सम्मानित भई सक्नुभएको छ ।


badal-launches-jhusya-magar-books-004

badal-launches-jhusya-magar-books-006
badal-launches-jhusya-magar-books-007
badal-launches-jhusya-magar-books-008
badal-launches-jhusya-magar-books-009
badal-launches-jhusya-magar-books-010
badal-launches-jhusya-magar-books-011

http://magarmedia.com बाट साभार

==========================================












No comments: