Sunday, October 14, 2018

काव्यप्रवाहमा साहित्यका कुरा


काठमाडौं / २०७५ साल असोज २७  

प्रगतिशिल लेखक संघका अध्यक्ष मातृका पोखरेलले  साहित्य र कला सामाजिक चेतनाको विशिष्ट रूप भएको बताउनुभएको छ । आधारशीला शैक्षिक उन्नयन दोश्रो अङ्कको विमोचन गर्दै अध्यक्ष पोखरेलले  त्यसैले साहित्यको स्वतन्त्र अस्तित्व संभव नभएको बताउनुभयो । 

साहित्य सिर्जनाहरु विचार र चिन्तनबाट मुक्त हुन नसक्ने भन्दै उहाँले यसले समाजमा रुपान्तरणकारी भूमिका भने निर्वाह गर्नुपर्ने बताउनुभयो ।  १६ औं काव्य श्रृंखलाको अवसरमा  आधारशीला शैक्षिक उन्नयनको बिमोचन भएको हो । 

बिमोचन समाहरोहमा साहित्यकार तगा आधारशिला साहित्य विभागका अध्यक्ष कौशिला रिसालले साहित्यबाट पनि समाजसेवा हुने धारणा राख्नुभयो । साहित्यकारका लेख रचनाबाट शिक्षा तथा चेतना अभिवृद्धि गर्न सजिलो हुने भएकाले साहित्यकारले अग्रगामी बिचार सहितको सृजना गर्न सक्नुपर्ने बताउनुभयो । 

काव्य प्रवाहमा साहित्यिक सृष्टाहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए ।  राजन प्रसाद न्यौपाने, सुगिता शाह, शुशीला ढकाल अधिकारी, रविना घिमिरे जिज्ञासु, दूर्गा तिवारी, दूर्गा चालीसे, बैरागी जेठा,  मिशन अधिकारी, छायादत्त न्यौपाने, बिनु के.सी, बासुदेव गुरागाई, राजेन्द्र घिमिरे सागर लगाएतले रचना बाचन गरेका थिए । 

यस्तै, आर.पी.गाँउले, लोकेन्द्र राई, बाशु ठकुरी, उत्तम विचार, सुन्दर खड्का, प्रेम राई परिचित, पदम दोंग, कृष्णदेव रिमाल, दिलकुमारी डंगोल, उमेश पाण्डे, सरस्वती गौतम, सानु शर्मा, लक्ष्मी बस्नेत, पूर्णदेवी न्यौपाने, दूर्लभ शाह त्यागी, महेशराज खरेल, भिम पोख्रेल, श्यामकृष्ण महर्जन लगायतले पनि आफ्ना रचना बाचन गरेका थिए ।

www.cinnetwork.org बाट साभार


 









No comments: