Sunday, September 17, 2017

चितवनको भरतपुरमा प्रलेसका महासचिव एवम् प्रगतिवादी कवि आर. एम. डङ्गोलको एकल कवितावाचन कार्यक्रम सम्पन्न ।

प्रगतिशील लेखक संघ,चितवन शाखाको आयोजनामा साउन २१ गते शनिवार चितवन ,भरतपुर महानगरपालिका क्षेत्रपुरस्थित रामेश्वर पुस्तकालयको सभाकक्षमा कवि आर एम् डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । काव्य डबलीमा कवि डङ्गोलले नयाँ पुराना गरि दुई दर्जन कविता वाचन गर्नुभएको थियो । जीवन ,यात्रा र आन्दोलन खण्डमा विभाजित गरि उहाँले अन्तर ,फूलको कथा ,घर बनाउँदै गर्दा ,सगरमाथा नाङ्गो फोटो खिचाउँदै छ ,लाममा लामो लाम भएर ,गुनासो-१ ,गुनासो-२ , समरको उकालो ,प्रार्थना गीत ,सत्य आक्षेप,जिन्दगीको उकालो ,पाँचथर ,चराङमा एक साँझ ,घाउलाई घाउ दुख्दैन , गाउँको संवेदना ,आन्दोलन ,अखबार र देश ,म माझी लगायतका कविता प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रमको आरम्भ प्रलेस केन्द्रीय सचिव एवं कवि सरिता तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।कार्यक्रममा कवि डङ्गोलको काव्यिक व्यक्तित्वबारे समीक्षक रमेश प्रभातले बोल्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेल हुनहुन्थ्यो ।प्रलेस चितवन शाखाकका अध्यक्ष एवं कवि सुमनराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रलेस चितवनका सदस्य सुमन अर्यालले गर्नुभएको थियो । 

कार्यक्रममा प्रलेस केन्द्रीय सल्लाहकार इन्द्र रेग्मी ,केन्द्रीय सदस्य मोदनाथ मरहठ्ठा ,केन्द्रीय पार्षद इश्वरी अोझा ,मणि अर्याल(बाँके अध्यक्ष),लगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

=======================================





















































http://pralesa.blogspot.com बाट साभार 

No comments: